प्रतिनिधि सभाको बैठक १० दिनका लागि स्थगित

Jhalkonepal

 

काठमाडौं , चैत ७ 

प्रतिनिधि सभाको बैठक १० दिनका लागि स्थगित भएको छ ।

आगामी आर्थिक वर्षको विनियोजन विधेयक, २०८१ को सिद्धान्त र प्राथमिकता माथिको छलफल सकिएपछि सभाको बैठक १० दिनका लागि स्थगित भएको हो । सभामुख देवराज घिमिरेका अनुसार अब अर्को बैठक १८ चैतमा बस्ने छ । सभामुख देवराज घिमिरेसहितको टोली बिहीबार अन्तरव्यवस्थापिका संघ (आईपीयू)काे कार्यक्रमका लागि जेनेभा प्रस्थान गर्दैछ । सभामुख देवराज घिमिरेसहितको टोली बिहीबार अन्तरव्यवस्थापिका संघ (आईपीयू)काे कार्यक्रमका लागि जेनेभा प्रस्थान गर्दैछन् । टोलीमा सभामुखसहित ६ सांसद र ३ कर्मचारी सहभागी हुनेछन् ।

सचिवालयका महासचिव लगायतका कर्मचारीसमेत जेनेभा जाने भएकाले बैठक १८ गतेसम्मलाई स्थगित गरिएको हो । टोली १६ गते फर्किने छ ।

सचिवालयका महासचिव लगायतका कर्मचारीसमेत जेनेभा जाने भएकाले बैठक १८ गतेसम्मलाई स्थगित गरिएको हो । 

प्रतिक्रिया