आज पनि बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदै छ कारोबार ?

Jhalkonepal

काठमाडौं- अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ निरन्तर उकालो लागेको छ ।

आज एक तोला सुनको मूल्य रु दुई लाख ५२ हजार २०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको मूल्य पनि बढेर तोलामा रु तीन हजार ४९० निर्धारण भएको छ ।

शुक्रबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५० हजार ६०० कायम भएको थियो भने एक तोला चाँदी रु तीन हजार ३४५ मा कारोबार भएको थियो । 


प्रतिक्रिया