लौकहीमा यात्रु बस र ट्रक ठोक्किँदा दुईको मृत्यु, २२ भन्दा बढी घाइते

Jhalkonepal

विराटनगर- सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्गमा बिहीबार बिहान यात्रुबस र ट्रक एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने २२ भन्दा बढी घाइते भएका छन्।

सुनसरी प्रहरीका प्रवक्ता डिएसपी योगराज खतिवडाका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०९४९ नम्बरको यात्रुबसले सडक छेउमा बिग्रिएर रोकी राखिएको ना ६ ख ३७३३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनाको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको ३५ जनाको संयुक्त प्रहरी टोलीले उद्धार कार्य गरेको थियो। घाइतेमध्ये २० देखि २२ जनालाई तत्काल उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया