काठमाडौं : गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको भाउ घटेको छ भने चाँदीको मूल्य बढेको छ । सुन तोलामा एक हजार रुपैयाँले घटेको छ भने चाँदी ६५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९५ हजार १०० रुपैयाँ र त्यति नै परिमाणको चाँदिको मूल्य पाँच हजार १० रुपैयाँ कायम भएको छ । गत शुक्रबार एक तोला छापावाल सुन दुई लाख ९६ हजार १०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ९४५ रुपैयाँमा किनबेच भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७५० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
१९ बैशाख २०८३, आईतबार १२:५७ मा प्रकाशित