काठमाडौँ , भदाै २७
लगातार ओरालो लाग्दै आएको शेयरबजार बिहीबार हरियाली देखिएको छ ।
बजार मापक परिसूचक नेप्से बिहीबार उच्च अङ्कले वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन नेप्से
परिसूचक ७८ दशमलव १७ अङ्कले उकालो लागेर दुई हजार छ सय ८८ दशमलव ३८ मा पुगेको हो ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १३ दशमलव ४०
अङ्कले उकालो लागेर चार सय ७८ दशमलव ४८ मा पुगेको छ । कारोबार भएका कूल १३
उपसमूहमध्ये आज १२ उपसमूहको शेयर मूल्यमा वृद्धि हुँदा एउटा उपसमूहको शेयर मूल्य
भने घटेको छ ।
कूल एक करोड ९४ लाख ३३ हजार एक सय ५४ कित्ता शेयर आठ अर्ब १६ करोड
९२ लाख ७४ हजार छ सय १२ रुपैयाँ बराबरमा कारोबार भएको छ । नेप्सेका अनुसार विन
नेपाल लघुवित्त, ग्रीन भेञ्चर्स लिमिटेड, इस्टन हाइड्रोपावर, रावा इनर्जीको शेयर
मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यस्तै, एशियन
हाइड्रोपावरका लगानीकर्ताले नौ दशमलव ९९ प्रतिशतले कमाएका छन् ।
थ्री स्टार हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले गिरावट भई
नकारात्म्क सर्किट लागेको छ । सानिमा लार्ज क्याप फण्ड आठ दशमलव ४९, आरबिबी म्युचुअल
फण्ड दोस्रो चार दशमलव शून्य एक, सनराइज फस्ट म्युचुअल फण्ड तीन दशमलव ७१ र सानिमा ग्रोथ फण्डका
लगानीकर्ताले तीन दशमलव ६५ प्रतिशतले गुमाएका छन् ।