भारतको कोलकातामा डाक्टरको बलात्कार र हत्याको मुद्दामा सर्वोच्च अदालतले आज सुनुवाइ गर्दै

Jhalkonepal


काठमाडाैं , भदाै ४

भारतको कोलकातामा प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको मुद्दामा सर्वोच्च अदालतले आज सुनुवाइ गर्ने भएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डीवाई चन्द्रचुडको अध्यक्षतामा रहेको इजलासले यो मुद्दाको सुनुवाइ गर्ने बीबीसी हिन्दीले जनाएको छ । यो घटनालाई लिएर देशका धेरै भागमा विरोध प्रदर्शन भइरहेको छ ।

पश्चिम बंगालको कोलकातामा रहेको सरकारी अस्पताल केजी कार मेडिकल कलेज एन्ड हस्पिटलको घटनामा दोषीलाई कडा सजायको माग गर्दै चिकित्सकहरूले प्रदर्शन गरिरहेका छन् । इन्डियन मेडिकल एसोसियसन–आईएमएको आह्वानमा गएको शनिवारदेखि आन्दोलन गरिरहेका चिकित्सकहरू अझै काममा फर्किएका छैनन् ।

यही अगस्ट ९ गते राति ३६ घण्टा लामो सिफ्टका क्रममा सेमिनार हलमा आराम गरिरहेका बेला महिला चिकित्सकको बलात्कारपछि हत्या भएको थियो ।

प्रतिक्रिया