सुन तोलामा तीन हजार नौ सय रुपैयाँले बढ्यो

Jhalkonepal

काठमाडौं- नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा तीन हजार नौ सय रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला दुई लाख २१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसअघि सोमबार सुन प्रतितोला दुई लाख १७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेको छ । मंगलबार प्रतितोला दुई हजार ६ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि सोमबार प्रतितोला दुई हजार छ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया