सांसद गुप्ता माथि हातपातको प्रयास

Jhalkonepal

लुम्बिनी,कार्तिक १० 

जनमत पार्टीका लुम्बिनी प्रदेश सांसद सीके गुप्ता आफ्नो कार्यालयतर्फ जाँदै गर्दा बाटोमा एक समूहले हातपातको प्रयास गरेको छ । सांसद सीके गुप्तामाथि शनिबार विहान रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा हातपात प्रयास भएको हो ।
इलाका प्रहरी कार्यालय अगाडि गुप्ता सवार बागमती प्रदेश ३–०१ च ६६२७ नम्बरको गाडी रोकेर युवाहरुले हातपातको प्रयास गरेपछि प्रहरीले रोकेर सांसद सवार गाडीलाई आफ्नो कार्यालयभित्र पुर्‍याएको छ ।
कांग्रेस नेता फखरुद्दिन खाँका भतिज एजाज खान नेतृत्वको समुहले आफूमाथि आक्रमण गरेको सांसद गुप्ताले बताए । आफूलाई रोकेर गाडीमा सँगै रहेका २ जनामध्ये एक जनालाई बाहिर निकालेर कुटपिट गरेको उनले बताए ।

प्रतिक्रिया