काठमाडौं , असार १५
देशभर हाल मनसुनी वायुको प्रभाव रहेको
छ ।
अहिले कोशी प्रदेश, बागमती प्रदेश र
गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । लुम्बिनी प्रदेश र
कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम
विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायुको प्रभावका
कारण वर्षा भइरहेको हो । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही
स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित
हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ । महाशाखाका अनुसार
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका
एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति पनि देशभर पूर्णतया बदली रही
मेघ गर्जन चट्याङ्गसहित
हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।