लहान- ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले वर्तमान स्थायी सरकार जनताको भावना र आवश्यकता अनुसार गठन गरिएको बताएका छन्।
नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक स्व. प्रदीप गिरीको तेस्रो स्मृति दिवसका अवसरमा बिहीबार लहानमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खड्काले स्व। गिरीको योगदानलाई मुलुकका लागि अमूल्य बताए। उनले भने, 'स्व. प्रदीप गिरी सबै पार्टीका नेता हुनुहुन्थ्यो। वहाँको सोच, दृष्टिकोण र कार्यशैलीले मुलुकको प्रगतिमा उल्लेखनीय योगदान पुर्यायो।'
स्व. गिरीले बीपी कोइरालाको विचारधाराबाट प्रेरणा लिएर सामाजिक परिवर्तनका लागि संघर्ष गरेको उल्लेख गर्दै मन्त्री खड्काले थपे, 'नेपाली जनतालाई रैतिबाट जनता बनाउन गिरीको योगदान महत्वपूर्ण रह्यो। उहाँको अभाव आज पनि मुलुकमा खड्की रहेको छ।'
सरकारको संरचना र दीर्घकालीन स्थायीत्वबारे बोल्दै मन्त्री खड्काले भने, 'तथ्यको आधारमा हेर्दा स्थायी सरकार नबनेसम्म मुलुकको दिगो विकास सम्भव छैन। वर्तमान सरकार जनताको चाहनामा आधारित भएर बनेको हो र यो सरकार आगामी निर्वाचनसम्म दुई दलबीचको सहकार्यमा अगाडि बढ्नेछ।'
वर्तमान सरकारको संरचना र उद्देश्यमाथि कुरा गर्दै मन्त्री खड्काले भने, ‘तथ्यको आधारमा, स्थायी सरकार नबनेसम्म मुलुकको विकास असम्भव छ । जनताको चाहनामा आधारित वर्तमान सरकार गठन गरिएको हो र यो सरकार आगामी निर्वाचनसम्म दुई दलकै बीचमा सञ्चालित हुनेछ ।’ उनले सरकारको प्राथमिकता जनताको समस्याहरूको समाधानमा केन्द्रित रहेको पनि बताए ।
सिंचाई र कृषिमा महत्वपूर्ण कदमहरूका बारेमा मन्तव्य राख्दै, मन्त्री खड्काले मधेश प्रदेशको वडा स्तरीय दाता संकलनको पहल र सिंचाई व्यवस्थापनको लागि सरकारले ठोस कदम उठाइरहेको जानकारी दिए ।