विराटनगर असार २७
मोरङको सुन्दरहरैँचामा कुखुरा फर्मभित्र संचालककाे शव फेला परेकाे छ । बिहान सुन्दरहरैँचा नगरपालिका १ स्थित कुखुरा फार्मभित्र सुन्दरहरैचा –९ का ४९ वर्षीय सहदेव बजगाईंको शव भेटिएको मोरङ प्रहरीले जनाएकाे हाे । घर नजिकै कुखुरा फर्म सञ्चालन गर्दै आएका बजगाईंको त्यही फार्मभित्र आज विहान करिब साढे १० बजे शव फेला परेको प्डीरहरीले जनाएकाे छ । ।
प्रहरीका अनुसार बजगाईंको टाउको तथा शरीरका अन्य भागमा चोट देखिएको छ । बजगाइकाे कसैले हत्या गरेकाे प्रहरीले जनाएकाे छ ।
२७ असार २०८१, बिहिबार ०१:२२ मा प्रकाशित