काठानण्डाैं, असार १७
माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुरक परीक्षा आगामी साउन २३
देखि हुने भएको छ ।
शिक्षा मन्त्रालयले निर्णय गरेसँगै राष्ट्रिय परिक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले
२३ साउनदेखि ३१ साउनसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।
यो पूरक
परीक्षामा एसईईको नतिजामा एनजी (ननग्रेडेड) आएका विद्यार्थीहरूले ग्रेड वृद्धिका
लागि सहभागी हुन पाउनेछन् । यसअघि बढीमा दुईवटा विषयमा एनजी आएका विद्यार्थीलाई
मात्र सहभागी गराउने भनिएको थियो । तर, पछि एनजी आएका सवै विद्यार्थीले पूरक
परीक्षा दिन पाउने निर्णय भएको छ ।
सुरुमा
साउन १८ र १९ मा पूरक परीक्षा सञ्चालन गर्ने भनिएको थियो । एसईईको नतिजा सार्वजनिक
गर्दै बोर्डका अध्यक्ष महाश्रम शर्माले उक्त जानकारी दिएका थिए । तर, सबै विषयमा एनजी आएका
विद्यार्थीले पूरक परीक्षा दिन पाउने भएपछि साउन २३ देखि परीक्षा सञ्चालन हुने
भएको हो ।
साउनमा
सञ्चालन हुने पूरक परीक्षाको नतिजा असोज पहिलो साताभित्र सार्वजनिक गर्ने बोर्डको
तयारी छ । यसले विद्यार्थीको उच्च शिक्षा अध्ययनमा असर नपरोस् भन्नेमा बोर्डले
गम्भीर रूपमा काम गरिरहेको बताइएको छ ।