इटहरी, भदौ २५
इटहरी उपमहानगरपालिकाले आजदेखि निःशुल्क एम्बुलेन्स र शव वाहन सुरु गरेको छ । इटहरीउपमाहानगरले जनतालाई निःशुल्क रूपमा सेवा दिने उद्देश्यले इटहरी क्षेत्र भित्र सेवा सुरु गरिएको जनाएको छ।
इटहरी अस्पतालमा आजै देखि नै लागु हुने गरी निःशुल्क एम्बुलेन्स र शव वाहन सेवा सुरु गरिएको नगर प्रमुख हेम कर्ण पौडेलले जानकारी दिनुभयो । नगर भित्र घर देखि घाटसम्म शव वाहन र घर देखि इटहरी अस्पतालसम्म निःशुल्क संयुक्त रूपमा एम्बुलेन्स सञ्चालनमा ल्याइएको नगर प्रमुख पौडेलको भनाई छ ।
‘एक वर्ष भित्रमा इटहरी अस्पतालमा सुधार गर्ने उद्देश्य सहित इटहरीको जनता उपचारको लागि धरान विराटनगर जानु नपरोस् भनेर स्थानीय श्रोत साधनलाई प्रभावकारी बनाउने काममा उपमहानगरपालिका लागेको पौडेलले बताउनुभयो । पछिल्लो समय अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको भन्दै एम्बुलेन्स र शव वाहनको अभाव भएकोले उपमहानगरपालिकाले शवबहान र एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।