नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि

Jhalkonepal

काठमाडौं- नेपाली सुनचाँदी बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको हो।

आइतबार तोलाको २ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख १७ हजार ८ सय रुपैयाँमा पुगेको छ।

चाँदीको मूल्य पनि बढेर तोलामा ३० रुपैयाँले उक्लिएको छ। आइतबार २६ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज २६ सय ५० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य वृद्धिको प्रभाव नेपाली बजारमा पनि परेको बताएको छ।

प्रतिक्रिया