बारामा करेन्ट लागेर १ जनाको मृत्यु

Jhalkonepal

बारा- बाराको सिम्रौनगढमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । सिम्रौनगढ नगरपालिका— २ अमृतगन्ज बस्ने ६५ वर्षीय रामेश्वर महत्तोको बिहीबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो ।

सोही ठाउँस्थित तरकारी बारीमा विद्युतीय मोटरबाट पानी तान्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया