रिक्त रहेको महालेखा परीक्षकमा पदमा तोयम राया सिफारिस

Jhalkonepal

काठमाण्डौं, चैत्र १८

महालेखा परीक्षकमा तोयम राय सिफारिस भएका छन् । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको संवैधानिक परिषदको बैठकले रायलाई नियुक्त गर्न सिफारिस गरेको हो । 

लामो समयसम्म रिक्त रहेको सो पदमा परिषदले रायको नाम सिफारिस गरेको हो । गत जेठमा टंकमणि शर्मा सेवानिवृत्त भएको भएपछि सो पद रिक्त रहेको थियो ।

हाल तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकारी राया पूर्वअर्थसचिव हुन् । महालेखापरीक्षकको कार्यकाल ६ वर्षको हुने प्रावधान रहेको छ ।

प्रतिक्रिया