नयाँ दिल्लीको मुख्यमन्त्री रेखाले लिइन् शपथ

Jhalkonepal

काठमाण्डौ, फागुन ९

भारतीय जनता पार्टी (भाजपा) की विधायक रेखा गुप्ताले बिहीबार दिल्लीको मुख्यमन्त्री पदको शपथ ग्रहण गरेकी छन्। शपथ ग्रहण समारोहमा प्रधानमन्त्री मोदीका अलावा भाजपाका अन्य नेताहरू पनि उपस्थित भएका थिए। 

 दिल्लीको रामलीला मैदानमा आयोजित एक समारोहमा दिल्लीका उपराज्यपाल विनयकुमार सक्सेनाले गुप्तालाई पद तथा गोपनीयताको शपथ गराएका थिए।

समारोहमा भाजपाका प्रवेश बर्मा, मनजिन्दर सिंह सिरसा, रवीन्द्र इन्द्रराज सिंह, आशिष सूद, कपिल मिश्रा र पंकजकुमार सिंहले मन्त्रीपदको शपथ लिएका छन्। 

प्रतिक्रिया