काठमाडौं, पुस १७
नेता भीम रावलले आज पत्रकार सम्मेलन
गर्दैछन् ।
उनी नेपाल कम्युनिस्ट
पार्टी (एमाले) बाट निष्कासित भए पश्चात आज पत्रकार सम्मेलन गर्दैछन् । पार्टीबाट
निष्कासित भएपछि पहिलो पटक रावलले औपचारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन
आयोजना गर्न लागेका हुन् ।
एमालेले गरेको
कारबाही र भावी योजनाबारे जानकारी दिन बुधबार दिउँसो १ बजे कार्की ब्यांक्वेट, बबरमहलमा पत्रकार सम्मेलन गर्न लागेको रावलको सचिवालयले जनाएको छ ।
१६ पुस २०८१, बुधबार ०९:४९ मा प्रकाशित