सुनसरी , भदौ २३
सुनसरीको बर्जुमा प्रहरीको हतियार लुटिएको छ । बर्जुमा सादा पोसाकमा रहेका २ जना प्रहरीलाई आक्रमण गरि हतियार लुटिएको हो । बर्जु गाउँपालिका–१ शुक्रबारेमा ड्युटीमामा रहेका प्रहरी माथि आक्रमण भएको जनाइएको छ । आक्रमणकारीले प्रहरीको साथमा भएको ठूलो चाइनिज पेस्तोल, एउटा म्यागजिन र सात राउण्ड गोली लुटेको प्रहरीले जानकारी दिएको छ । हतियार देखाएर लुटपाट गर्ने समूह सक्रिय रहेको सुचनाका आधारमा त्यस सम्बन्धित सूचना संकलन गर्न प्रहरी जवान बिमन परियार र प्रेम चौधरीलाई प्रहरीले खटाएको थियो ।
सादा पोसाकमा खटाइएका परियार र चौधरी पुग्नासाथ अन्दाजी चार जनाको संख्यामा रहेको समूहले आक्रमण गरेको हतियार लुटेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिनुभयो । उहाका अनुसार सुरुमा काठको चिर्पटले प्रहार गरेर प्रहरीलाई घाइते बनाइको छ । त्यस क्रममा दुई पक्षबीच केहीबेर घम्साघम्सीसमेत भएको बताइएको छ । एसपी रेग्मीका अनुसनर ‘आक्रमणकारीको समूह ठूलो थियो । प्रहरी दुई जना मात्रै भएकाले त्यो समूहसँग भिड्नसक्ने अवस्था भएन । आक्रमणबाट प्रहरी जवान परियारको टाउकोमा चोट लागेको छ