काठमाण्डाैं, साउन ८
प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद् भवनमा
दिउँसो १ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त समिति अन्तर्गतको
संसदीय सुनुवाई समितिमा सांसदहरूको नाम हेरफेर गर्नेछन् ।
त्यस्तै सभामुख घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको विषयगत
समितिहरूमा पनि सांसदहरू हेरफेर गर्ने कार्यसूची रहेको छ ।
आजै प्रतिनिधि सभा बैठकमा मन्त्रीहरूको प्रश्नोत्तर पनि रहेको छ।
आज स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण, कृषि तथा पशुपंक्षी
विकास र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसम्बन्धि मौखिक प्रश्नहरूको
सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ ।
यस्तै उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय
सभामा उत्पत्ति भएको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ माथी विचार
गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
सांसद प्रतिमा गौतमले डेंगीको प्रकोपसम्बन्धी जरुरी सार्वजनिक
महत्त्वको प्रस्ताव पेश गर्ने कार्यसूची पनि छ।
उक्त प्रस्तावका समर्थक कुसुम देवी थापा, माननीय सपना
राजभण्डारी, सीता मिजार र लीलादेवी बोखिम लिम्बूले समर्थन गर्ने कार्यसूची
रहेको छ ।