काठमाण्डौ , साउन २१
सुन आज तोलाको ३ सय रुपैयाँले बढेर एक लाख ५० हजार रुपैयाँमा बढेर अहिलेसम्मकै उच्च मुल्भयमा पुगेकाे छ ।
हिजो सुनको भाउ तोलामा एक लाख ४९ हजार सात सय रुपैयाँ रहेको थियो । अस्ति शुक्रवार अहिलेसम्मकै उच्च एक लाख ४९ हजार नौ सय रुपैयाँ पुगेको थियो । हिजो दुई सय रुपैयाँ घटेको सुन आज तोलामा तीन सय रुपैयाँ बढेर अहिलेसम्मकै उच्च रेकर्ड कायम हो ।
त्यस्तै आज चाँदीको भाउ भने यथावत् रहेको छ । चाँदीको भाउ आज पनि हिजो जस्तै तोलाको एक हजार सात सय ८५ रुपैयाँ रहेकाे महासङ्घले जनाएको छ ।
२० साउन २०८१, सोमबार ११:५० मा प्रकाशित