माैसम पु्र्वअनुमान : देशभर आंशिक देखि साधारणतया बदली

Jhalkonepal

काठमाडौं, असार १६

देशभर आंशिक देखि साधारणतया बदली भएको छ ।

कोशी,बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूका साथै बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा अनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राती भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानका साथै देशका बाँकी भू–भागका केही स्थानमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको हुने महाशाखाको अनुमान छ ।

प्रतिक्रिया