जेनजी आन्दोलनमा १९ जनाको ज्यान गएपछि गृहमन्त्री लेखकले दिए राजीनामा

Jhalkonepal

काठमाडौं- जेनजी आन्दोलनको क्रममा १९ जनाको मृत्यु, करिब दुई सय प्रदर्शनकारी घाइते भएपछि गृहमन्त्री रमेश लेखकले आफ्नो पदबाट राजीनामा दिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा गृहमन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन्।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार मन्त्री लेखकले 'घटनाको नैतिक जिम्मेवारी वहन गर्दै' पदत्याग गरेका हुन्।

शान्तिपूर्ण रूपमा सुरु भएको आन्दोलनमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीचको झडपले उग्र रूप लिँदा ठूलो मानवीय क्षति भएको हो। पछिल्ला घटनाक्रमपछि सरकारको भूमिकालाई लिएर आलोचना हुँदै आएको थियो।

प्रतिक्रिया