काठमाडौं, फागुन २
अमेरिकी
राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ह्वाइट हाउसमा
भेटवार्ता भएको छ । ट्रम्प राष्ट्रपतिमा पुनः निर्वाचित भएपछिको यो उनीहरूको पहिलो
भेट हो । बैठकमा मुख्य रूपमा व्यापार, भन्सार शुल्क (ट्यारिफ) र
आप्रवासनबारे छलफल केन्द्रित रहेको बताइएको छ । यो मोदीको प्रधानमन्त्री बनेपछि
अमेरिकाको १० औँ भ्रमण हो र ट्रम्पसँगको चौथो भेट हो । यो बैठकले भारत–अमेरिका
सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
दुई
नेताले व्हाइट हाउसमा एक आपसमा हात मिलाएर र अँगालो हाली अंतर्राष्ट्रिय
संचारमाध्यमसँग संवाद गरे र त्यसपछि द्विपक्षीय वार्ता सुरु गरे । “म राष्ट्रपति
ट्रम्पको लागि उनको देशलाई सधै प्राथमिकता दिनुमा प्रशंसा गर्छु । म पनि त्यहि
गर्छु – यो हाम्रो बीचको समानता हो,” प्रधानमन्त्री मोदीले भने । ट्रम्पले
यसैमा थपे, “उनी भारतमा राम्रो काम गर्दैछन् र हामी हाम्रो राष्ट्रहरूको बीचका
सम्बन्धलाई अझ बलियो बनाउँछौं ।”
राष्ट्रपति ट्रम्पले भारतसँग “शानदार व्यापार सम्झौताहरू” गर्ने
प्रतिबद्धता व्यक्त गरे । उनले प्रधानमन्त्री मोदीलाई “महान नेता” भन्दै प्रशंसा
पनि गरे । तर, बैठक अघि नै ट्रम्पले रेसिप्रोकल टेरिफ (पारस्परिक शुल्क) प्रणाली लागू गर्ने घोषणा गरे, जसले भारतीय
अर्थतन्त्रमा असर पार्न सक्नेछ । मोदीले वार्तामा भारतलाई अनुकूल व्यापार सम्झौता
गर्ने प्रयास गर्ने रोयटर्सले जनाएको छ ।
बिश्व मुद्दाबारे पनि छलफल भएको बताइएको छ । रुस–युक्रेन
युद्धबारे मोदीले शान्ति प्रक्रियाको पक्षमा भारत उभिएको बताएका छन् । उनले भने, “भारत तटस्थ छैन, बरु शान्तिको
पक्षमा छ। युद्ध समाधान वार्ताबाट मात्र सम्भव छ ।”