काठमाडौ, माघ २६
दाङको तुलसीपुरमा दाइले खेलाउँदै गरेको भरुवा बन्दुकको गोली लागेर एक बालकको ज्यान गएको छ।
तुलसीपुर उपमहानगरपालिका-३ ठूला सम्वा निवासी पुष्कर खत्रीका १० वर्षीय छोरा भुवन केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
दाजु १० वर्षीय शिशिर केसीले बन्दुक खेलाउने क्रममा भाइको कञ्चटमा गोली लागेको प्रहरीले जनाएको हो।
प्रहरीले घटनास्थलबाट एक थान भरूवा बन्दुक, बन्दुकमा प्रयोग हुने ३२८ पिस छर्रा र ४ वटा फलामका गोली बरामद गरेको छ। मृतकका दाजु र बाजेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
२५ माघ २०८१, शनिवार ०२:३८ मा प्रकाशित