दाङमा श्रीमान -श्रीमती मृत फेला

Jhalkonepal


दाङ, असोज २० 

दाङको तुलसीपुरमा दुई जना मृत अवस्थामा फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका ९ बेलुवामा कोठा भाडामा लिएर बस्ने  दुई जना मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर प्रसाद पोख्रेलले जानकारी दिनुभएको छ ।  उनीहरु श्रीमानल श्रीमति रहेको प्रहरीले बताएको छ।

मृतक सल्यान त्रिवेणी गाउँपालिका(४ फलावाङका २७ वर्षिय सुशील भण्डारी र शारदा नगरपालिका १२ अम्रैकी अन्दाजी २३ वर्षिय पबित्रा डाँगी रहेको प्रमुख पोख्रेलले बताउनुभयो । 

मृतक भण्डारी झुन्डिएको अबस्थामा र डाँगी बेडमा पल्टिएको अवस्थामा फेला  प्रहरीले बताएको छ। कोठा भित्रबाट चुकुल लगाएको अवस्थामा उनीहरू मृत फेला परेको प्रहरीले बताएको छ। श्रीमानले श्रीमतीको हत्या गरेर आफुले आत्महत्या गरेको हुन सक्ने प्रहरीले बताएको छ  । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया