काठमाडौँ, पुस २९
आज
चार वटा संसदीय समितिको बैठक बस्दै छ ।
जसअन्तर्गत बिहान साढे १० बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा
केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा सञ्चार तथा सूचना प्रविधि
मन्त्रालयसँग सम्बन्धित दफाहरूमा छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे बस्ने
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा प्रधानमन्त्रीबाट भएको पछिल्लो
वैदेशिक भ्रमण सम्बन्धमा र परराष्ट्र मन्त्रालयको आ.व. २०८१-८२ को कार्यक्रम तथा
हालसम्मको प्रगति सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै अर्थ समितिको बैठक बिहान
११ बजे बस्दै छ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको
विधेयक, २०८० का सम्बन्धमा सरोकारवाला र
विज्ञहरूसँग छलफल हुनेछ ।
त्यस्तै मध्यान्ह साढे१२
बस्ने विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । तिलगंगा नेत्र विश्वविद्यालय
विधेयक, २०८१ माथि दफावार छलफल
हुनेछ ।
त्यस्तै दिउँसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित
विधायन समितिको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल हुनेछ ।
२८ पुस २०८१, सोमबार ०९:२३ मा प्रकाशित