अर्थमन्त्री विष्णु पौडेललाई नेपाल शिक्षक महासंघको ध्यानाकर्षण पत्र

Jhalkonepal

काठमाडौं ,साउन १६

अर्थमन्त्री विष्णु पौडेललाई नेपाल शिक्षक महासंघले ध्यानाकर्षण पत्र बुझाएको छ ।


नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार अर्थमन्त्री पौडेललाई १६ बुँदे ध्यानाकर्षणपत्र बुझाएको हाे । ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्री पौडेलले शिक्षक-कर्मचारीका माग पूरा गर्न आफू सकारात्मक रहेको बताएका थिए ।

अध्यक्ष सुवेदीले भने, ‘अर्थमन्त्रीज्यूले हाम्रो सबै कुरा सुन्नुभयो । म सकारात्मक छु, मैले सकेको गर्छु भन्नुभयो।’

महासंघले शिक्षक कर्मचारीको तलबभत्ता मासिक भुक्तानी हुने व्यवस्था, सबै शिक्षकका लागि प्राविधिक ग्रेडको व्यवस्था, शिक्षा मन्त्रालयमा मन्त्रीस्तरीय निर्णयबाट जारी गरिएको शिक्षक सरुवासम्बन्धी निर्देशिका खारेज,  शिक्षामा कम्तीमा कुल बजेटको २० प्रतिशत  लगानी गर्ने प्रबन्ध गर्न अर्थमन्त्री पाैडेलकाे ध्यानाकर्षण गराएकाे छ।

त्यसैगरी स्थायी, राहत, साविक उच्चमावि, करार, शिक्षण सिकाइ अनुदान, विशेष शिक्षा, बालविकास, संस्थागत विद्यालयका शिक्षकलगायत सबै खालका शिक्षक तथा विद्यालय कर्मचारीका समस्या समाधान गर्न सरकार र शिक्षक महासंघबीच विगतमा भएका सहमति सम्बोधन हुने गरी अविलम्ब विद्यालय शिक्षा ऐन जारी गर्न माग गरिएकाे छ ।


 

प्रतिक्रिया