काठमाडौं, भदौ ७
तनहुँको आँबुखैरेनी ऐनापहरामा बस
दुर्घटना हुँदा घाइते भएकामध्ये १२ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
दुर्घटनास्थलबाट उद्धार गरी
आँबुखैरेनी अस्पतालमा प्राथमिक उपचार गरिएको र १२ जनालाई थप उपचारका लागि नेपाली
सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन
गौतमले जानकारी दिए । उनका
अनुसार अर्का एक घाइतेलाई उपचारका लागि चितवन पठाइएको छ । अन्यको भने आँबुखैरेनी अस्पतालमै
उपचार भइरहेको छ ।
पोखराबाट काठमाडौं आउँदै गरेको यूपी ५३ एफटी
७६२३ नम्बरको उक्त बस शुक्रबार बिहान साढे ११ बजे सडकबाट मर्स्याङ्दी किनारमा
खसेको थियो ।
बसमा चालकसहित ४३ जना सवार थिए । प्रहरीका अनुसार उनीहरुमध्ये ३९
जनाको दुर्घटनास्थलमा उद्धार गरिएको छ भने चार जना अझै बेपत्ता छन् । सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता
डीएसपी शैलेन्द्र थापाका अनुसार १४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।