काठमाडौं, माघ १३
नेपाली कांग्रेसका नेता एवम्
नवनिर्वाचित राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीका लागि नभई राष्ट्र
र जनताका लागि काम गर्नुपर्ने बताएका छन् ।
गगन थापाको ‘संवाद यात्रा’को उद्घाटनका क्रममा बोल्दै उनले गणतन्त्र ल्याएको कांग्रेसले जनताका लागि काम गर्नुपर्ने बताएका हुन्
उनले भने, ‘ तपाईंहरूको हातमा पार्टी छ । हामीले राष्ट्रको हितमा काम गर्नु छ ।
हामी हाम्रो लागि होइन राष्ट्र र जनताका लागि छौं ।’
उनले यो यात्रfका क्रममा किसान-मजदुरका समस्या बुझ्नु पर्ने सुझाव दिंदै कहाँनिर
त्रुटि छ त्यो पत्ता लगाएर अघि बढ्नुपर्ने बताए ।
१२ माघ २०८०, शनिवार ११:१९ मा प्रकाशित