काठमाण्डाै, माघ १०
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का
सभापति रवि लामिछानेको थुनछेक बहस हेर्दाहेर्दैमा राखिएको छ ।
जिल्ला अदालत रुपन्देहीमा जारी बहस
नसकिएपछि भोलि पुनः हुनेगरी आज हेर्दाहेर्दैमा राखिएको हो ।
जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार
योगीको इजलासमा उनको बहस भइरहेको छ ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणका प्रतिवादी लामिछाने हिजो
अदालत उपस्थित भएका थिए । हिजो उनको बयान भएको थियो भने आजबाट थुनछेक बहस सुरु
गरिएको हो ।
आज सरकारी वकिलहरूको बहस सकिएपछि
पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गरेका थिए । पीडितका तर्फबाट
अर्का वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले भने भोलि मात्रै बहस गर्नेछन् ।
बिहीबार सरकारी वकिलहरूले थुनछेक बहस
गरेका थिए ।
लामिछानेलाई आज पनि परिवारको जिम्मा लगाउने आदेश भएको
रुपन्देही जिल्ला अदालतले जानकारी दिएको छ ।