इलाममा २ वटा वडाकाे मत गनिसक्दा कांग्रेसका खड्काकाे र बझाङमा २ वटा वडाकाे मतगणना सकिँदा एमाले उम्मेदवारकाे अग्रता

Jhalkonepal

काठमाण्डाै,वैशाख १६ 

 इलाम-२ मा भएको प्रतिनिधि सभा सदस्य उपचुनावमा दुई वटा वडाकाे मतगणना सम्पन्न हुँदा नेपाली कांग्रेसले अग्रता कायमै राखेकाे छ ।

फाकफोकथुम गाउँपालिका–१ र २ को २ हजार ८ सय ३६ मतगणना सम्पन्न हुँदा कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले १ हजार १ सय ४५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले १ हजार ६३ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ३ सय ११ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले २ सय ९ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी बझाङ प्रदेश सभा–१ (क) मा हिजाे भएको उपचुनावमा दुई वटा वडाको मतगणना सम्पन्न हुँदा नेकपा एमालेले अग्रता कायमै राखेकाे छ ।

छबिसपाथिभेरा गाउँपालिकाको वडा नम्बर १ र २ को मतगणना सम्पन्न हुँदा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले झन्डै दाेब्बर मतले अग्रता लिइरहनुभएकाे छ ।

 

प्रतिक्रिया