काठमाडौं, फागुन
२७
नेपाली कांग्रेसले युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्षको
उम्मेदवार बनाउने भएको छ ।
देउवा निवास बूढानीलकण्ठमा आज बसेको पार्टी सांसदीय दल कार्यसमितिको
बैठकले शर्मालाई राष्ट्रिय सभाको अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय गरेको
पार्टी संसदीय दलकी सचेतक सुशीला थिङले जानकारी दिनुभयो ।
शर्मा लुम्बिनी प्रदेशबाट ०७८ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित
भएका थिए।
पार्टीको तर्फबाट प्रस्तावित अध्यक्ष पदका उम्मेदवार शर्माको पक्षमा
मतदान गराउनका लागि अन्य प्रतिपक्ष दलहरूसँग पनि छलफल गर्ने निर्णय पनि बैठकले
गरेको छ ।
यस अघि कांग्रेसले नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको
अध्यक्ष बनाउने योजनासहित राष्ट्रिय सभा सदस्य बनाएको थियो । तर माओवादी केन्द्रले
त्यो पद आफ्नो पार्टीले पाउनुपर्ने अडान राखेपछि सत्तारूढ गठबन्धन टुटेको थियो ।
राष्ट्रिय सभाको अध्यक्ष पदको चुनाव पर्सि मङ्गलवार हुँदैछ ।