काठमाण्डौं, चैत्र ३
राष्ट्रपति रामचन्द्र पौडेलले चारवटा विधेयक प्रमाणीकरण गरेका छन् ।
संघीय संसद्को दुवै सदनबाट पारित भएका चारवटा विधेयक आइतबार राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, विद्युतीय व्यापार ९ इ–कमर्स० को सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएका हुन् ।
संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम विधेयक प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
१ चैत २०८१, आईतबार ०५:२४ मा प्रकाशित