नौसेनाको तालिमका क्रममा मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किए १० जनाको मृत्यु

Jhalkonepal

काठमाडाैं , बैशाख ११

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा आज बिहान लुमुट शहरमा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटना भएको बीबीसीले जनाएको छ ।

यी हेलिकप्टरले रोयल मलेसियन नौसेना परेडका लागि प्रशिक्षण गरिरहेका थिए । दुर्घटनामा हेलिकप्टरमा रहेका सबै १० जनाको ज्यान गएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया