काठमाडाैं, वैशाख १७
इलाम–२ मा नेकपा एमालेले अग्रता कायमै राखेको छ । पछिल्लो
मतपरिणामअनुसार एमालेका सुहाङ नेम्बाङले ८ हजार ८ सय ९८ र कांग्रेसका डम्बरबहादुर
खड्काले ६ हजार २ सय ८० मत ल्याउनुभएको छ ।
पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमको
४ हजार ६ सय ३४ र राष्टिय स्वतन्त्र पार्टीका मिलन योङहाङको १ हजार ३ सय ५ मत आएको
छ ।
२१ हजारभन्दा धेरै मतगणना भैसक्दा एकीकृत समाजवादीका
जीतबहादुर राईको दुई सय ४० र राप्रपाका लक्ष्मी गुरुङको ४६ मत आएको छ ।यसैगरी बझाङको प्रदेश सभा १
उपनिर्वाचनमा नेकपा एमालेलाई पछि पार्दै नेपाली कांग्रेसले अग्रता लिएको छ । नेकपा
एमालेका दमन भण्डारीलाई उछिन्दै नेपाली कांग्रेसका अभिषेक सिंहले अग्रता लिनुभएकाे
हाे ।
सिंहले ७ हजार ४९२ मत छ काे भने नेकपा एमालेका भण्डारीकाे ७ हजार २२८ मत छ ।