नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द

Jhalkonepal

काठमाडौं, फागुन २७

 त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेपाल र हङकङबीको खेल वर्षाका कारण रद्द भएको छ । हङकङको मिसन रोड ग्राउण्डमा बिहान सवा ११ बजे सुरु भएको खेल वर्षा भएपछि रद्द भएको हो ।

 ८ ओभरसम्म हङकङले २ विकेटको क्षतिमा ६५ रन बनाएको थियो । त्यसपछि वर्षा हुँदा खेल हुन नसकेको हो, जसका कारण दुवै टोलीले १–१ अंक बाँडेका छन् ।

 नेपालले सोमबार पपुवा न्युगिनीसँग दोस्रो खेल खेल्नेछ । आईसीसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले हङकङको भ्रमण गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

प्रतिक्रिया