सल्यानमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु चालक फरार

Jhalkonepal

सल्यान,पुस २४

 सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

छत्रेश्वरी गाउँपालिका– १ भालुमारेदेखि मयानी जाँदै गरेको लु.प्र०२०० त ००१२ नम्बरको ट्याक्टर आज बिहान मयानी नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा छत्रेश्वरी गाउँपालिका– १ मयानीका अन्दाजी ४९ वर्षीय क्षेत्रबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । भालुमारेबाट कम्पोस्ट मल लिएर मयानी जाने क्रममा ट्याक्टर दुर्घटना भएको हो । ट्याक्टर चालक भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले बताए ।

प्रतिक्रिया