काठमाडौं, कात्तिक ८
गत असोज २७ गते दुर्घटनामा पर्नुभएका मनाङ एयरका पाइलट प्रकाशकुमार सेढाईंको निधन भएको छ।
उहाकाे उपचारतका क्रममा मुम्बइमा निधन भएको हाे। उहाले चलाएको हेलिकोप्टर गत शनिबार सोलुखुम्बुमा दुर्घटना भएको थियो। दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट सेढाईंलाई काठमाडौंको ह्याम्स अस्पताल ल्याइएकामा त्यहाँ उपचार हुन नसकेपछि मुम्बई लगिएको थियो।
नेसनल बर्न सेन्टर, मुम्बईमा उपचाररत उहाको निधन भएको मनाङ एयरले विज्ञप्तिमार्फत् बताएको छ।
७ कार्तिक २०८०, बुधबार ०९:५६ मा प्रकाशित