वैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको नामावली प्रकाशन गरीदै

Jhalkonepal

काठमाडौं, चैत २६

उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज उम्मेदवारको नामावली प्रकाशन गर्दैछ।

निर्वाचन कार्यतालिकाअनुसार शनिबार दर्ता भएका उम्मेदवारीमा दाबी विरोधको उजुरीका लागि आइतबार समय तोकिएको थियो।

त्यस अवधिमा परेका उजुरीको जाँचबुझ गरी आज बेलुका ५ देखि ६ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको नामावली प्रकाशन गर्नेछ।

उम्मेदवारहरूलाई आफ्नो उम्मेदवारी फिर्ता लिन भोलि बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकेको छ। त्यसपछि आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरी भोलि नै चुनाव चिह्न प्रदान गर्नेछ।

वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ।

इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (१) मा उपनिर्वाचन हुँदैछ।

उपनिर्वाचनका लागि नेकपा (एमाले)ले इलाममा सुहाङ नेम्बाङ र बझाङमा दमनबहादुर भण्डारीले उम्मेदवारी दिनुभएको छ ।

 

प्रतिक्रिया