सुनको मूल्य तोलामा एक हजार दुई सयले बढ्यो

Jhalkonepal

काठमाडौँ : स्थानीय बजारमा आज सुनको मूल्य तोलामा एक हजार २०० रुपैयाँले बढेको छ ।

गत शुक्रबार प्रतितोला दुई लाख ९२ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य आज दुई लाख ९३ हजार २०० रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला चाँदी चार हजार ८४० रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबार चार हजार ८९५ रुपैयाँमा किनबेच भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस चार हजार २१० अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

प्रतिक्रिया