काठमाडौं, असोज ५
नेपाली कांग्रेस बागमती प्रदेश
कार्यसमितिले कोषाध्यक्ष पदमा कार्यसमिति सदस्य डा. भद्रा भण्डारीलाई मनोनित गरेको
छ ।
पार्टी विधानअनुसार बागमती प्रदेश कार्यसमितिको असोज ३ र ४ गते
बसेको दशौं बैठकले डा. भण्डारीलाई कोषाध्यक्षमा मनोनित गरेको हो ।
बैठकले कांग्रेस प्रदेश र स्थानीय तहबीच
समन्वय गर्न प्रदेश उपसभापति एवं नागार्जुन नगरपालिका प्रमुख मोहनबहादुर बस्नेतको
संयोजकत्वमा संयन्त्र निर्माण गरेको छ । केन्द्रीय कार्यसमितिले प्रदेश
कार्यसमितिको काम, कर्तव्य र अधिकारमा केही थप गरेकोमा
केन्द्रीय कार्यसमितिप्रति आभार व्यक्त गरेको छ ।
४ असोज २०८१, शनिवार ०८:३५ मा प्रकाशित