कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, ३० घाइते

Jhalkonepal

कपिलवस्तु , फागुन ३

कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ।

महेन्द्रनगरबाट काठमाडौ जाँदै गरेको सुनौलो महाकाली यातायातको सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस राति सवा १२ बजे सडकबाट झन्डै सय मिटर तल खोलामा खसेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिबहादुर वलीले जानकारी दिनुभयाे । दुर्घटनामा ३० जना घाइते भएका छन् । तीमध्ये  ९ जनालाई बुटवल रिफर गरिएको छ। अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ । 


प्रतिक्रिया