‘हनीट्र्याप’मा पारेर कीर्तिपुरका विनोद खड्गीको हत्यामा संलग्न रहेको आरोपमा ५ जना पक्राउ

Jhalkonepal

काठमाडाैं , असाेज १६

कीर्तिपुरका विनोद खड्गीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ परेको छ ।

 विनोदलाई ‘हनीट्र्याप’मा पारेका अपहरण गरेर ५ लाख रुपैयाँ फिरौती लिएपछि हत्या गरेको अनुसन्धानका क्रममा खुलेको  प्रहरीले जनाएकाे छ  ।

कीर्तिपुरका ५० वर्षीय खड्गीको शव ६ असोजमा काभ्रेको पाँचखाल नगरपालिका– ८ स्थित ४९ किलो भन्ने ठाउँमा भेटिएको थियो । ५ गतेदेखि सम्पर्कविहीन भएका उनको परिवारले खोजी गरिदिन प्रहरीमा निवेदन दिएका थिए ।

 

प्रतिक्रिया