काेलाेम्बाे । एसिया कप २०२३ अन्तर्गत सुपर ४ काे अन्तिम खेलमा बंगलादेशले सान्त्वना जित हात पारेको छ। यस अघि दुई खेलमा पराजित भएर प्रतियाेगिताबाट बाहिरीसकेकाे बंगलादेशले अपराजित भारतलाइ शुक्रबार ६ रनले हरायो।
बंगलादेशले दिएको २६६ रनको लक्ष्य पछ्याएको भारत अन्तिम बल खेल्न बाँकी छदा २५९ रनमा अलआउट भएकाे थियाे । अन्तिम ओभरमा भारतलाई जितका लागि १२ रन चाहिएको थियो बेला बंगलादेशका तान्जिमले भारतका सटिक बलिँग गरि ४ रन मात्र दिएका थिए । १ बल बाकी छदा भारतका माेहम्मद सामी रन आउट भएपछि भारतले फाइनल अघि पराजय भाेग्नु परेकाे हाे । शुरुवात देखि नै भारतका पारी धरमाराए पनि शुभमन गिलले शतकिय पारी खेल्दै भारतकाे आशालाइ जिवित राखेका थिए ।उनले १२१ रन बनाउदा भारतकाे आशालाइ अन्तिममा अक्षर पटेलले ४२ रन बनाएर अन्तिम सम्म जिवित राखेका थिए । बलिङमा बंगलादेशका मुस्ताफिजुरले ३ विकेट लिँदा तान्जिम र मेहदी हसनले २-२ विकेट हात पारे।
त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले ८ विकेटको क्षतिमा २६५ रन जोड्यो। बंगलादेशका लागि सकिब अल हसनले ८० रन जोडे भने मेहदी हसनले ५४ रन र नसुम अहमदले ४४ रनको योगदान दिए।
बलिङमा भारतका शार्दूल ठाकुरले ३ विकेट लिँदा सामीले २ विकेट हात पारे।
एसिया कपकाे फाइनल १७ सेप्टेम्बर आइतबार भारत र श्रीलँकाका विच हुनेछ ।