बाँके, असार ८
जिल्ला प्रहरी कार्यालय बाँकेले गत
जेठ महिनामा रु एक करोड ३१ लाख बराबरको सामान बरामद गरेको छ ।
बाँकेका प्रहरी
प्रवक्ताका अनुसार भारतबाट भन्सार छली गरेर ल्याइएको सामान बरामद गरिएको हो ।
प्रहरीले रु दुई लाख ५८ हजार बराबरको भारतबाट गैरकानुनीरुपमा नेपाल ल्याएको करिब
दुई क्विन्टल बोइलर खुकुरा र एक हजार आठ सय चल्ला बरामद गरेको छ ।
जेठमा प्रहरीले एक हजार सात सय १३
सवारी चालकलाई कारबाही गरेको छ । उनीहरुबाट रु १४ लाख ६१ हजार राजस्व सङ्कलन
गरिएको प्रवक्ताले बताउनुभयो । यसैगरी प्रहरीले एक सय २१ मोटरसाइकल र
स्कुटर लिलामी गरेको छ । प्रहरीले मोटरसाइकल चोरी गर्ने चारजनालाई पक्राउ गरेको छ
भने चोरी भएका नौ मोटरसाइकल फेला पारेको छ । यस्तै स्कुटर चोरीमा संंलग्न दुई
जनालाई स्कुटरसहित नियन्त्रणमा लिएर कारबाही गरिएको प्रवक्ताले बताउनुभयो ।