साताको अन्तिम दिन नेप्से १५.९३ अंकले घट्यो

Jhalkonepal

काठमाण्डौं, मंसिर २०

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) शेयर कारोबार आज साताको अन्तिम दिन १५.९३ अंकले घटेको छ । बिहीबार ८ अर्ब ३६ करोड ९६ लाख ८७ हजार ४०२ रुपैयाँ बराबरको १ करोड ६७ लाख ९७ हजार ७२७ कित्ता कारोबार हुँदा नेप्से दोहोरो अंकले घटेको हो ।

बिहीबार भएको कारोबारबाट नेप्सेको पुँजीकरणमा ०.५७ अंकले गिरावट आएको छ । आजको कारोबारमा जीवन बिमा र व्यापार समूह बाहेक सबै समूहका सुचकांक नकारात्मक देखिए ।

दुई बाहेक समूहको सूचक नकारात्मक देखिँदा पनि ४० वटा कम्पनीको शेयर मूल्य आज बढेको छ भने २०१ वटा कम्पनीको शेयर मूल्यमा भने गिरावट आएको छ । त्यस्तैको आजको कारोबारमा ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।

आजको शेयर कारोबारमा खानीखोला हाइड्रोपावर कम्पनीका शेयर ट्रेडरले सबैभन्दा धेरै आम्दानी गर्न सफल भएका छन् भने सपोर्ट माइक्रो फाइनान्स लघुवित्तका ट्रेडरले सबैभन्दा धेरै गुमाएका छन् ।

प्रतिक्रिया