उपराष्ट्रपति यादवद्वारा गढीमाई मेला शुभारम्भ

Jhalkonepal

बारा, मंसिर १७

उपराष्ट्रपति रामसहायप्रसाद यादवले बारा जिल्लास्थित प्रसिद्ध शक्तिपीठ गढीमाई मन्दिर परिसरमा हरेक पाँच वर्षमा लाग्ने ‘श्री गढीमाई पञ्चवर्षीय मेला’को आज शुभारम्भ गरेका छन्। 

गढीमाई मन्दिर परिसरमा आयोजित विशेष समारोहमा उनले मेला उद्घाटन गरेका उपराष्ट्रपतिको कार्यालयले जनाएको छ।

उपराष्ट्रपति यादवलाई मन्दिर परिसरमा पूर्वमन्त्री, पूर्वसांसद्, स्थानीय सुरक्षा अधिकारी, गढीमाई मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिका पदाधिकारी, सम्बन्धित नगरपालिका तथा बाराका अन्य पालिकाका जनप्रतिनिधि तथा उपस्थित श्रद्धालु भक्तजनले स्वागत गरेका थिए। 

उपराष्ट्रपति यादवले गढीमाई मेलाको अवलोकन गर्नुका साथै मेलाको व्यवस्थापनबारे मूल समितिका अध्यक्ष उपेन्द्रप्रसाद यादवसहितका पदाधिकारी तथा सुरक्षाकर्मीसँग जानकारी लिँदै मेला सफलताको कामना गरेका उपराष्ट्रपति कार्यालयले जनाएको छ। 

प्रतिक्रिया