पाल्पा । पाल्पा जिल्लामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।तिनाउ गाउँपालिका–६ मा आज भएको जीप दुर्घटनामा १५ जना घाइते भएका छन् ।
सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस हुँदै शीखरडाँडा जाँदै गरेको लु१ज २३७१ नम्बरको जीप डुम्रे र चिदिसको बीचमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाका घाइतेलाई बुटवल अस्पताल पुर्याइएको छ ।
२९ माघ २०८०, मङ्गलबार ०७:५३ मा प्रकाशित