काठमाण्डौं, असार १९
प्रविधिको बढ्दो प्रयोगले संचारकर्मीको
विश्वसनियता घट्दै गएकोमा पत्रकारहरुले चिन्ता व्यक्त गरेका छन । नेपाल प्रेस
इन्सिच्यिुटले आयोजना गरेको २ दिने डिजिटल मिडिया अवसर र चुनौति विषयक अन्तरक्रिया
कार्यक्रममा नेपाली पत्रकारिता क्षेत्रका अग्रजहरुले भने सत्य र तथ्यमा आधारित भएर
पत्रकारिता गर्नेहरुले प्रबिधिको बढ्दो प्रयोगले डराइ हाल्नु चै नहुने धारणा व्यक्त
गरेका छन । संचार उपभोक्ताहरुको वदलिएको रुचि र प्लेटफर्म अनुसार प्रविधि नजिक भएर
काम गर्नु पर्नेमा उनीहरुले जोड दिएका हुन ।
यदपी डिजिटल मिडियाको प्रयोगमा लोकप्रियताको
लागि सस्तो तथा भ्रामक विषयवस्तु समेत सम्प्रेषण भइरहेकोले डिजिटल मिडिया
आचारसंहिता सबैले पालना गर्नु पर्नेमा जोड दिइएको थियो । कार्यक्रममा बरिष्ठ
पत्रकार ध्रुबहरी अधिकारीले डिजिटल आचारसंहिताबारे जानकारी गराउन भएको थियो ।
यस्तै कार्यक्रममा बरिष्ट पत्रकार शिव गाँउले, कुन्दन अर्याल र कपिल काफ्लेले सहजीकरण गर्नुभएको थियो ।
देशभरिका अनलाईनमा कार्यरत पत्रकार तथा संचालकहरुलाई डिजिटल प्रविधि
(अनलाईन सेसन)का माध्यमबाट सहभागि गराइएको कार्यक्रम भाेली सम्म संचालन हुनेछ ।